
काठमाडौं। नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका छ्न्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई बुधबार राज्यमन्त्री नियुक्त गरेका हुन्। गर्बुजा म्याग्दीबाट निर्वाचित सांसद हुन्।
ओलीले कांग्रेसकै पूर्णबहादुर तामाङलाई वैशाख १० गते ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।