
यिबिन/चीन। चिनियाँ गाडी उत्पादक कम्पनी कायीले ४२ देशका प्रतिनिधिका लागि चीनको यिबिन शहरमा टेस्ट ड्राइभ गराएको छ।
यिबिन इन्टरनेसनल कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरमा मंगलबार टेस्ट ड्राइभ गराइएको हो।
टेस्ट ड्राइभमा कायीका गाडी बिक्री गर्ने नेपाललगायत विभिन्न ४२ देशका प्रतिनिधि सहभागी थिए। संचारकर्मीलाई पनि टेस्ट ड्राइभमा सहभागी गराइएको थियो। नेपालबाट टेस्ट ड्राइभमा ८ जना सहभागी थिए।

उनीहरुले विभिन्न ४ वटा मोडलका गाडी कायी इ क्युट ४, थ्री एक्स प्रो, एक्स सेभेन हाइब्रिड र एक्स सेभेन फोर ह्वील चलाएका थिए। टेस्ट ड्राइभले बजार विस्तारमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।

चेरी ग्रुप अन्तर्गतको कायीले हरेक सेग्मेन्टमा गाडी बनाएको छ। यसका इक्युट फोर र थ्री एक्सप्रो इभी नेपालमा बिक्री भइरहेका छन।

