निक्कीका अध्यक्षले खट्टरलाई भने- नेपालको उर्जा क्षेत्रमा लगानी गर्नुस, भारतलाई नै फाइदा हुन्छ

बिजमाण्डू
२०८२ बैशाख ११ गते १०:०९ | Apr 24, 2025
निक्कीका अध्यक्षले खट्टरलाई भने- नेपालको उर्जा क्षेत्रमा लगानी गर्नुस, भारतलाई नै फाइदा हुन्छ


काठमाडौं। भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरले नेपाली उद्यमीसँगको छलफलमा थप लगानीका लागि पहल गर्ने आश्वासन दिएका छन्।

Tata
GBIME
NLIC

नेपाल भारत उद्योग बाणिज्य संघ (निक्की) का अध्यक्ष सुनिल केसीसँग उनले नेपालको उर्जा क्षेत्रमा भारतको लगानीका बारेमा चर्चा गर्दै थप लगानीका लागि पहल गर्ने बताएका हुन्।

केसीले खट्टरसँग नेपालमा भारतीय लगानीको आवश्यकता रहेको भन्दै यसका लागि पहल गरिदिन आग्रह गरेका थिए। नेपाल-भारत एकअर्कामा परिपुरक रहेको भन्दै नेपालमा गरिएको लगानीले भारतलाई पनि उज्यालो प्राप्त हुने बताएका थिए।

‘नेपालले सीमित उपभोग गर्ने हो बाँकी भारतले नै बिजुली पाउने हो’ उनले खट्टरसँग भने, ‘खासगरी नेपालमा गरिएको लगानीले भारतलाई फाइदा पुर्याउने हो।’