नेपाल र हङकङको खेल वर्षाका कारण नतिजाविहीन, आइतबार फाइनल खेल्ने

बिजमाण्डू
२०८१ चैत्र ३० गते १४:३३ | Apr 12, 2025
नेपाल र हङकङको खेल वर्षाका कारण नतिजाविहीन, आइतबार फाइनल खेल्ने
नेपाल र हङकङबीचको खेल। तस्बिर; क्यान


काठमाडौं। नेपाल र हङकङबीच खेल नतिजाविहीन भएको छ। चारदेशीय टी-२० सिरिज अन्तर्गत आज हङकङको मङकक स्टेडियममा सम्पन्न खेल नतिजाबिहीन बनेको हो।

Tata
GBIME

मिसन रोड ग्राउण्डमा नेपालले टस जितेर हङकङलाई सुरुवाती ब्याटिङको निम्ता दिएको थियो। हङकङले ९ ओभरमा ३ विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षा सुरु भएको थियो। यस्तोमा खेल नतिजाविहीन बन्यो।

योसँगै नेपालले लिग चरणमा पाँच अंक बनाउँदै फाइनलमा स्थान पक्का गरेको छ। तीन खेलमा दुई जित र एक नतिजाबिहीन रहेको नेपाल ५ अंकसहित शीर्षस्थानमा रह्यो। त्यस्तै, कुवेतले ४, हङकङले ३ अंक बनाउँदै कतार अंकविहीन रह्यो।

आइतबार तेस्रो स्थानका लागि हङकङ र कतार तथा उपाधिका लागि नेपाल र कुवेत भिड्नेछन्।