
काठमाडौं। नेपाली क्रिकेट टोलीले हङकङविरुद्ध पहिला फिल्डिङमा उत्रिँदैछ। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर घरेलु टोलीलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।
नेपालले यसअघिका खेलमा कुवेत र कतारलाई हराएको थियो। नेपाली टोलीले कुवेतमाथि ६ विकेट र कतारमाथि ८ विकेटको जित निकालेको थियो।
अर्कोतर्फ कतारलाई ६८ रनले हराएको हङकङले कुवेतसँग ४ विकेटको हार ब्यहोरेको थियो। नेपाली टोली लिग चरणमा अपराजित रहँदै आइतबार फाइनल खेल्ने लक्ष्यमा रहनेछ।
नेपालको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव, सोमपाल कामी, रिजन ढकाल, किरण ठगुन्ना