
रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्लीले बेङ्ग्लुरुमाथि ६ विकेटको जित निकालेको हो।
बेङ्ग्लुरुस्थित एम चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो। बेङ्ग्लुरुका लागि फिल साल्टले ३७, रजत पतिदारले २५ तथा बिराट कोहलीले २२ र न बनाउँदा टिम डेभिड ३७ रनमा अविजित रहे। बलिङतर्फ दिल्लीका विपराज निगम र कुलीदप यादवले समान २ विकेट लिँदा मुकेश कुमार र मोहित शर्माले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन बनाउँदा त्रिस्टन स्टुब्सले अविजित ३८ र अक्षर पटेलले १५ रनको योगदान दिए। बलिङमा बेङ्ग्लुरुका भुवनेश्वर कुमारले २ विकेट लिँदा यस डायल र सुयस शर्माले १ विकेट लिए।
जितसँगै दिल्ली शीर्षदुईमा उक्लिएको छ। शीर्षमा गुजरात टाइटन्स र दिल्लीको समान ८ अंक छ। ६ अंक बनाएको बेङ्ग्लुरु तेस्रो स्थानमा छ। आईपीएलमा आज चेन्नइ सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्।