प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै, मन्त्री र सचिवलाई बोलाए

बिजमाण्डू
२०८१ चैत्र २८ गते ११:५० | Apr 10, 2025
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै, मन्त्री र सचिवलाई बोलाए


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे मन्त्री र सचिवहरुसँग छलफल गर्ने भएका छन्।

Tata
GBIME

उनले बजेटबारे छलफलका लागि मन्त्री र सचिवहरुलाई बिहीबार दिउँसो सवा दुई बजे प्रधानमन्त्री कार्यालयमा बोलाएकमा छन्।

विषयगत मन्त्रायहरुले आगामी आर्थिक वर्षका योजना र कार्यक्रम अर्थ मन्त्रालयमा बुझाएको करिब दुई सातापछि ओलीले छलफल राखेका हुन्।

विषयगत मन्त्रालयहरुले बजेटको आकार २३ खर्ब नाघ्ने गरी कार्यक्रम प्रस्ताव गरेका छन्। उनीहरुले स्थानीय तहले गर्ने स्तरका योजना पनि प्रस्ताव गरेका छन्।