रास्वपाले गुहार्‍यो मानव अधिकार आयोग, रविमाथिको प्रहरी ‘ज्यादत्ती’ छानबिन गर्न माग

बिजमाण्डू
२०८१ चैत्र २७ गते १५:१० | Apr 9, 2025
रास्वपाले गुहार्‍यो मानव अधिकार आयोग, रविमाथिको प्रहरी ‘ज्यादत्ती’ छानबिन गर्न माग


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको मानव अधिकार हनन् हुने गरी प्रहरीले धरपकड गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएको छ।

Tata
GBIME

रास्वपाका नेताहरुले बुधबार आयोग पुगेर प्रहरीले चैत २२ गते हुलहुज्जत गरी लामिछानेलाई पक्राउ गरेको भन्दै छानबिन गर्न माग गरेका छन्।

उच्च अदालतले चैत २२ गते लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो। त्यसको करिब एक घण्टामा नै प्रहरी उनको घरमा पुगेको थियो। कानुनी प्रक्रिया नै पूरा नगरी प्रहरी लामिछानेलाई पक्राउ गर्न राति उनको घरमा पुगेको भन्दै रास्वपाले विरोध गरेको छ। सादा पोसाकका प्रहरी जबर्जस्ती हतियारसहित लामिछानेको घरमा प्रवेश गरेको रास्वपाले आयोगमा बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

प्रहरीसँग सर्च वारेन्ट र पक्राउ पुर्जी नभएको तथा अशोभनीय शैलीमा प्रस्तुत भउको भन्दै छानबिनको माग गरिएको छ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई रातभर जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर शनिबार भैरहवा लगिएको थियो। आइतबार पनि सार्वजनिक बिदा भएकाले लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको थियो।