
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारबाट लागू हुने गरि चीनबाट आयात हुने सामानमा १०४ प्रतिशत कर लगाउने तयारी गरेका छन्।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ट्रम्पले चीनमाथि कर लगाउनेबारे बताएकी हुन्।
यसअघि गत बुधबार ट्रम्पले चीनमाथि ३४ प्रतिशत करको घोषणा गरेका थिए। तर, मंगलबारसम्म आफूले लगाएको कर लागू गर्नेबारे चीन सकारात्मक नदेखिएपछि उनले थप ५० प्रतिशत कर लगाउने घोषणा गरेका हुन्।
चीनले ट्रम्पको ट्यारिफलाई ‘गल्ती माथि अर्को गल्ती’ भन्दै त्यसलाई स्वीकार नगर्ने बताएको छ। चीनले ट्रम्पले लगाएको करबाट अमेरिकाले कसरी ब्ल्याकमेलिङ गर्छ भन्ने पुष्टि भएको प्रतिक्रिया पनि दिएको छ।
चीनले अमेरिका सामु नझुक्ने बताइसकेपछि ट्रम्पले थप करको घोषणा गरेका हुन्।
लेभिटले १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा पनि गिरावट आएकको छ।