एनएसएलमा काठमाडौंको पहिलो जित, दश खेलाडीमा समेटिएको बुटवल फेरि पराजित

बिजमाण्डू
२०८१ चैत्र २६ गते २०:३२ | Apr 8, 2025
एनएसएलमा काठमाडौंको पहिलो जित, दश खेलाडीमा समेटिएको बुटवल फेरि पराजित


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आफ्नो चौथो खेलमा आएर काठमाडौं रेजर्सले पहिलो जित निकालेको छ। दुई बराबरी र एक पराजय ब्यहोरेको काठमाडौंले मंगलबार सम्पन्न खेलमा बुटवल लुम्बिनी एफसीमाथि १-० गोलको साँघुरो जित निकालेको हो।

Tata
GBIME

पहिलो हाफमा सुरुबाटै प्रभाव जमाएको काठमाडौंले केही राम्रा अवसरहरु सिर्जना गर्‍यो। लगातार दवाबमा रहेको बुटवलले काउन्टरमा केही आक्रमण पनि गर्‍यो।

पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद बुयाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको सशक्त प्रहारलाई बुटवलका गोलकिपर दीप कार्कीले बचाए। इन्ज्युरी समयमै पनि पेनाल्टी क्षेत्रभित्रको अर्को अवसरमा मुस्किलले बुटवलका डिफेन्डरले गोल जोगाए।

गोलरहित गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा खेलाडीबीच घम्साघम्सी पनि सुरु भयो। यसैक्रममा बुटवलका सुमन श्रेष्ठले ७१औं मिनेटमा रेडकार्ड व्यहोर्दै बाहिरिए। यस्तोका काठमाडौंले खेलको अन्तिम मिनेटमा अग्रता बनायो। भिन्सेन्टले दिएको पासमा अमोडोउ डिओपले गोल गरे।

चौथो खेल सकिँदासम्म तालिकाको पुछारमा रहेको बुटवलले जित निकाल्न सकेको छैन। झापासँग अंक बाँड्नुबाहेक बुटवलले एफसी चितवन, धनगढी एफसी र काठमाडौं रेजर्ससँग पराजय ब्यहोरेको छ।