स्मार्ट बैंकिङ : भुक्तानी कारोबारमा एआइको प्रयोगसँगै डिजिटाइज हुँदै उपयोगिताको अबको बाटो

सञ्जीव सुब्बा
२०८१ चैत्र २२ गते ०६:२८ | Apr 4, 2025
स्मार्ट बैंकिङ : भुक्तानी कारोबारमा एआइको प्रयोगसँगै डिजिटाइज हुँदै उपयोगिताको अबको बाटो


स्मार्ट बैंकिङले बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने क्षमता राख्दछ। प्रविधिको उचित प्रयोगबाट बैंकिङ उद्योगले व्यापारका अवसरहरू बढाउन, सञ्चालन खर्च घटाउन, ग्राहक सन्तुष्टि बढाउन र दक्षता सुधार गर्न सक्छ। डिजिटल बैंकिङ प्रणाली, कृत्रिम बौद्धिकता, डेटा एनालिटिक्स, ब्लकचेन, र स्वचालित प्रक्रियाहरू (आरपीए) को प्रयोगले बैंकिङ प्रणालीलाई थप स्मार्ट, प्रभावकारी, र सुरक्षित बनाउन सहयोग गर्दछ।

Tata
GBIME

बैंकिङ क्षेत्रका नयाँ बिजनेस अवसरहरू

स्मार्ट बैंकिङको माध्यमबाट बैंकहरूले नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्न सक्छन्। डिजिटल भुक्तानी प्रणाली, इम्बेडेड फाइनान्स, ओपन बैंकिङ र एपीआइ एकीकरणले बैंक तथा वित्तीय संस्थाहरुलाई थप ग्राहक आकर्षित गर्न तथा विविध सेवा प्रदान गर्न मद्दत गर्छ। स्मार्ट बैंकिङले बैंकहरूलाई निम्न क्षेत्रमा नयाँ अवसर प्रदान गर्न सक्छ।

* डिजिटल ऋण प्रवाह: स्वचालित ऋण स्वीकृति प्रक्रिया, डिजिटल लोन अप्लिकेसन र डेटा एनालिटिक्समा आधारित क्रेडिट स्कोरिङले ऋण दिन सहज बनाउँछ।

* ग्राहक परिचय सेवाहरू (केवाईसी र डिजिटल आइडी): डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआइ) अन्तर्गत डिजिटल केवाईसीको विकासले नयाँ ग्राहक समावेश गर्न मद्दत गर्छ।

* एपीआई बैंकिङ र वित्तीय एकीकरण: तेस्रो पक्ष प्रदायकहरूसँगको एकीकरणले ग्राहकलाई सहज वित्तीय सेवा दिन मद्दत गर्छ।

* डेटा इनेबल्ड बैंकिङ: कृत्रिम बौद्धिकतामार्फत ग्राहकको वित्तीय व्यवहार विश्लेषण गरेर बैंकहरूले अनुकूल सेवाहरू प्रदान गर्न सक्छन्।

सञ्चालन खर्चमा कमी र दक्षता वृद्धिको उपाय

स्मार्ट बैंकिङले निम्न उपायमार्फत बैंकको सञ्चालन लागत घटाउन र दक्षता बढाउन मद्दत गर्छ।

* स्वचालित प्रक्रियाहरू (आरपीए): बैंकिङ कार्यलाई रोबोटिक्स प्रोसेस अटोमेसन (आरपीए) मार्फत स्वचालित बनाइ लागत घटाउन सकिन्छ।

* क्लाउड बैंकिङ: क्लाउड-आधारित बैंकिङ सेवाले आइटी लागत घटाउँछ, डेटा भण्डारण सुरक्षित गर्छ र प्रणालीको बेन्चमार्किङ सुधार गर्छ।

* च्याटबोट र एआई-सहायकहरू: ग्राहक सेवा सुधार गर्न तथा मानव संसाधनको दबाब घटाउन एआई-समर्थित च्याटबोटहरू प्रयोग गर्न सकिन्छ।

* पेपरलेस बैंकिङ: डिजिटल सिग्नेचर, इ-स्टेटमेन्ट, र मोबाइल बैंकिङलाई प्रवर्द्धन गरी प्रशासनिक खर्च घटाउन सकिन्छ।

ग्राहक सन्तुष्टि वृद्धिका उपाय र सर्भिस एक्सिलेन्स

स्मार्ट बैंकिङले ग्राहक अनुभवलाई अझ सहज, छिटो र सुरक्षित बनाउन सहयोग गर्छ।

* मोबाइल बैंकिङ एप सुधार: बैंकिङ सेवाहरूलाई अझ सहज बनाउने डिजिटल एपहरू निर्माण गर्नुपर्छ।

* व्यक्तिगत वित्तीय परामर्श (एआई-बेस्ड एड्भाइजरी): ग्राहकलाई उनीहरूको वित्तीय योजना बनाउन एआई-ड्रिभन सुझाव प्रदान गर्न सकिन्छ।

* द्रुत सेवा प्रवाह: डिजिटल ऋण स्वीकृति, अनलाइन खाता खोल्ने सुविधा र रियल-टाइम ट्रान्जेक्सन ग्राहक सन्तुष्टि बढाउने मुख्य पक्ष हुन्।

कर्मचारी क्षमता विकास, तालिम र डिजिटल सीप

डिजिटल बैंकिङलाई प्रभावकारी बनाउन बैंकका सञ्चालक, व्यवस्थापन तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक छ।

* डिजिटल बैंकिङ तालिम कार्यक्रमहरू: बैंकका कर्मचारीलाई डिजिटल बैंकिङ प्रणाली, साइबर सुरक्षा, डेटा एनालिटिक्स, र फिनटेक समाधानहरूको तालिम दिनुपर्छ।

* सीप विकास र टेक्नोलोजी ज्ञान वृद्धि: डिजिटल परिवर्तनलाई सहज बनाउने प्रविधि (एपीआई बैंकिङ, क्लाउड कम्प्युटिङ, एआई, आदि) मा बैंक कर्मचारीलाई दक्ष बनाउनु आवश्यक छ।

* व्यवस्थापनस्तरमा डिजिटल नेतृत्व विकास: बैंक सञ्चालक र वरिष्ठ व्यवस्थापनका लागि डिजिटल रणनीति, नवप्रवर्तनशील वित्तीय सेवाहरू र भविष्यका बैंकिङ मोडलबारे तालिम दिनुपर्छ।

जोखिम व्यवस्थापन रणनीति

स्मार्ट बैंकिङसँगै डिजिटल जोखिम पनि बढ्दछ, जसलाई व्यवस्थापन गर्न प्रभावकारी रणनीति आवश्यक छ।

* साइबर सुरक्षा सुदृढीकरण: बैंकहरूले साइबर थ्रेट इन्टेलिजेन्स, मल्टिफ्याक्टर अथेन्टिकेसन (एमएफए) र नेटवर्क सुरक्षा प्रविधिहरू अपनाउनुपर्छ।

* फ्रड डिटेक्सन सिस्टम: एआई र मसिन लर्निङ प्रयोग गरी अनियमित वित्तीय गतिविधिहरू पत्ता लगाउने सिस्टमहरू लागू गर्नुपर्छ।

* डिजिटल रेगुलेटरी कम्प्लायन्स: डिजिटल बैंकिङ सेवाहरू नेपाल राष्ट्र बैंकका नियमअनुरूप सञ्चालन गर्न ध्यान दिनुपर्छ।

* एपीआई अनबोर्डिङ नीति अब बैंकहरुले एकदम नै छिटोभन्दा छिटो बनाउन पर्ने आवश्यकतादेखि सकेको छ। हालको विद्यमान प्रचलन मा एपीआईको अवसर मात्र मूल्यांकन गरिएको छ तर एपीआईबाट आउन सक्ने जोखिमको बारेमा ध्यान गरेको देखिंदैन।

* एपीआई सुरक्षा सुधार: बैंकहरूले एपीआई अनबोर्डिङ नीति बनाउँदा केवल अवसर होइन, सम्भावित जोखिमहरूलाई पनि ध्यान दिनुपर्छ। संवेदनशील डेटा सुरक्षित राख्न टोकनाइजेसन लागू गर्नुपर्छ। जसले वास्तविक डेटा लुकाएर टोकनमार्फत लेनदेन सम्भव बनाउँछ। यसले फ्रड न्यूनीकरण, डेटा गोपनीयता, र रेगुलेटरी कम्प्लायन्स सुनिश्चित गर्छ।

डिजिटल रणनीति र बहुवर्षीय योजना

डिजिटल बैंकिङमा अब ढिलाइ गर्नुहुँदैन। हरेक बैंकले आफूलाई भविष्यका लागि तयार गर्नुपर्छ।

* डिजिटल रोडम्याप: प्रत्येक बैंकले आफ्नो डिजिटल भविष्य सुनिश्चित गर्न ३-५ वर्षको बहुवर्षीय डिजिटल रोडम्याप तयार गर्नुपर्छ।

* एपीआई र ओपन बैंकिङ रणनीति: बैंकहरूले एपीआई एकीकरणलाई तीव्रता दिनुपर्नेछ ताकि तेस्रो पक्ष सेवा प्रदायकहरूसँगको सहकार्य प्रभावकारी बनोस्। र एपीआईको जोखिम व्यवस्थापनमा अनिवार्यरुपमा ध्यान दिनुपर्ने अवस्था छ।

* डिजिटल वित्तीय समावेशन: डिजिटल बैंकिङमार्फत ग्रामीण क्षेत्रलाई वित्तीय सेवामा पहुँच पुर्‍याउनु जरुरी छ।

नियामकीय क्षमता, साइबर सुरक्षा, र डिजिटल पूर्वाधार

डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउन नियामकीय संरचना सुदृढ गर्नु आवश्यक छ।

* डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई): डिजिटल आइडेन्टिटी, डिजिटल पेमेन्ट र डिजिटल डाटा एक्सचेन्ज पूर्वाधार सुदृढ गर्नु आवश्यक छ।

* साइबर सुरक्षा मजबुतीकरण: डिजिटल बैंकिङलाई सुरक्षित बनाउन नियामक निकायहरूले बैंकहरूसँग समन्वय गरी साइबर सुरक्षा मापदण्डहरू कडाइ गर्नुपर्छ।

* नीतिगत सुधारहरू: नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायहरूले डिजिटल बैंकिङका लागि स्पष्ट र प्रवर्द्धनकारी नीति निर्माण गर्नुपर्छ।

समय घर्किंदै गएको छ। हालको मोबाइल बैंकिङको यात्राबाट अब नेपाली बैंकिङ डिजिटल हुँदै स्मार्ट बैंकिङको युगमा प्रवेश गर्नुपर्ने टड्कारो आवश्यकता छ।

अब बैंकिङ क्षेत्रले डिजिटल परिवर्तनलाई अवलम्बन नगरे पछाडि पर्नेछ। स्मार्ट बैंकिङ केवल एउटा प्रवृत्ति मात्र नभई अबको अनिवार्यता बनिसकेको छ। बैंकहरूले डिजिटल रोडम्याप बनाउनुका साथै डिजिटल सेवा विस्तार, कर्मचारी सीप विकास, ग्राहक अनुभव सुधार, र नियामकीय अनुकूलता सुनिश्चित गर्नुपर्छ। डिजिटल बैंकिङ अब बैंकिङ क्षेत्रको भविष्य हो, जसले वित्तीय समावेशीकरण, व्यापारिक अवसर र ग्राहक सन्तुष्टि वृद्धि गर्नेछ।

स्मार्ट बैंकिङले डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। साना तथा मझौला उद्यमीहरू, साथै समावेशीकरण नीतिअन्तर्गत किसान, घरेलु तथा लघु उद्यमहरूका लागि प्रविधिमा आधारित एआई-इनेबल्ड, डेटा सञ्चालित एनालिटिक्स बैंकिङले ठूलो फड्को ल्याउनेछ।

(सुब्बा काठमाडौं फिन्टेकका संस्थापक हुन्। उनी डिजिटल बैंकिङ र फिन्टेकको तालिम, क्षमता वृद्धि र शोधमा सक्रिय छन्)