दुम्कीबास-वगुवान-त्रिवेणी सडक विस्तारको काम अगाडि बढ्ने, ईआईए तयार पारिँदै

बिजमाण्डू
२०८१ चैत्र १२ गते १२:५० | Mar 25, 2025
दुम्कीबास-वगुवान-त्रिवेणी सडक विस्तारको काम अगाडि बढ्ने, ईआईए तयार पारिँदै


काठमाडौं। दुम्कीबास-वगुवान-त्रिवेणी सडक विस्तारको काम अगाडि बढ्ने भएको छ।

Tata
GBIME
NLIC

नवलपरासीको त्रिवेणीधामदेखि उत्तरमा रहेको दुम्कीबास जोड्ने सडक निर्माणका लागि सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराउन थालेको हो।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी-दुम्कीवास खण्डको २० किलोमिटरमध्ये ८ किलोमिटर खण्डमा चितवन राष्ट्रिय निकुञ्जका केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन।

दुम्कीबास र त्रिवेणीको बीचमा राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले सडक निर्माणमा निकुञ्जले वन्यजन्तुलाई असर पर्ने कारण जनाउँदै सडक निर्माण अघि बढाउन अवरोध गर्दै आएको छ। विभागले ईआईए प्रतिवेदन तयार पार्न राय सुझाव संकलन गर्दैछ।

सडकको ट्र्याक २०६४ मा खोलिएको थियो।