नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जना नियन्त्रणमा 

बिजमाण्डू
२०८१ चैत्र १२ गते १०:३७ | Mar 25, 2025
नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जना नियन्त्रणमा 


काठमाडौँ। झापा जिल्लाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टा बसपार्क क्षेत्रबाट सशस्त्र प्रहरीले नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

Tata
GBIME
NLIC

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे-८ बस्ने २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोष छन्। उनीहरूले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। 

नेपालबाट पुरानो गाडी भारतीय सहर लगेर त्यहाँको नयाँ गाडीमा नेपाली च्यासिस र नम्बर प्लेट राखेर नेपाल ल्याउने गरेको सूचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो।