जाजरकोट र रुकुममा ३० वटा स्कुल १ अर्ब ८० करोडमा ठेक्का, दुई कम्पनीले बनाउने

बिजमाण्डू
२०८१ चैत्र ११ गते १५:२० | Mar 24, 2025
जाजरकोट र रुकुममा ३० वटा स्कुल १ अर्ब ८० करोडमा ठेक्का, दुई कम्पनीले बनाउने


काठमाडौं। पछिल्लो पटक भूकम्पले क्षतिग्रस्त जाजरकोट र रुकुमका ३० वटा विद्यालयका भवन निर्माण गर्न ठेक्का लागेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले सोमबार १ अर्ब ८० करोड ५४ लाख रुपैयाँमा ठेक्का लगाएको हो।

Tata
GBIME
NLIC

इकाईले जाजरकोट र रुकुमका १५ वटा स्कुल निर्माण गर्न ७७ करोड ३० लाख रुपैयाँमा कोन्टेक-एसएसएनएस र कोन्टेक-एनबी जोइन्ट भेन्चरलाई जिम्मा दिएको छ। यस्तै अर्को १५ वटा स्कुल निर्माण गर्न १ अर्ब ३ करोड २४ लाख रुपैयाँमा डीएनसी इन्फ्रास्ट्रक्चर प्रालिलाई जिम्मा दिएको छ।

गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। घटनामा १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए। जाजरकोटमा १४३ र रुकुम पश्चिममा ४९ वटा विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। त्यसमा अहिले ३० वटाको मात्रै निर्माण गर्न ठेक्का लगाइएको हो।