इलामबाट झापा झरेका ट्रकबाट १ हजार ६ सय किलो गाँजा बरामद, दुई जना पक्राउ

बिजमाण्डू
२०८१ चैत्र ९ गते १२:०० | Mar 22, 2025
इलामबाट झापा झरेका ट्रकबाट १ हजार ६ सय किलो गाँजा बरामद, दुई जना पक्राउ


बनियानी (झापा)। इलामबाट झापा आइरहेका दुई वटा ट्रकमा १ हजार ६ सय ३६ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलले मेची राजमार्गअन्तर्गत बुद्धशान्ति-४ मा शुक्रबार जाँचका क्रममा उक्त परिमाणमा गाँजा बरामद भएको हो।

Tata
GBIME
NLIC

को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका ट्रकबाट गाँजा बरामद भएपछि दुवैका चालकलाई पक्राउ परेका छन्। मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिइएको सशस्त्रको नं. १ वराह बाहिनीका एसपी विक्रम हुमागाइँले जानकारी दिए।

पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि-४ का महेश राई र इलामको माईजोगमाई-२ का गंगाबहादुर बस्नेत छन् । ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो ।

उनीहरुको साथबाट ८७ हजार रुपैयाँ नगद र ५ वटा मोबाइल पनि बरामद भएको सशस्त्रले जनाएको छ। उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।