चीन जोड्ने कोरला सडकमा रहेका चार योजना कार्यान्वयनमा, केहीको ठेक्का लाग्न बाँकी

बिजमाण्डू
२०८१ फागुन २९ गते ०७:१२ | Mar 13, 2025
चीन जोड्ने कोरला सडकमा रहेका चार योजना कार्यान्वयनमा, केहीको ठेक्का लाग्न बाँकी
File Photo


काठमाडौं । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका ९ वटा योजनामध्ये ४ वटा योजना कार्यान्वयनमा आएका छन्।

Tata
GBIME
NLIC

पहिरो नियन्त्रण, चारवटा पुल र एक कालोपत्र योजनासहित यहाँ ९ वटा योजना रहेका छन्। आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले ती योजनामध्ये ४ वटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र ५ योजना ठेक्का सम्झौताको चरणमा रहेको बताए। 

मुस्ताङको थासाङ–४ स्थित कैकु खोला, थासाङ–२ को लार्जुङ खोला, जोमसोम–मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो।

आयोजनाका अनुसार मुस्ताङको थासाङ-४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माणसम्पन्न गर्न पाँच करोड ३९ लाखमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो। थासाङ-४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माणसम्पन्न गर्न दुई करोड २२ लाखमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो।

यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो। पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरि खोला च्यानलाइजिङ गर्न ११ फागुनमा ५८ लाख ५७ हजारमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए।

राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग तीन करोड ३९ लाखमा १३ फागुनमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए। रासस