१० निर्माण कम्पनी कालोसूचीमा, साढे एक वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

बिजमाण्डू
२०८१ फागुन २८ गते ०८:०० | Mar 12, 2025
१० निर्माण कम्पनी कालोसूचीमा, साढे एक वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

Tata
GBIME
NLIC

निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवासायी/आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको हो।

कालोसूचीमा पर्नेहरुमा तारालक्ष्मी निर्माण सेवा, ममता मञ्जु कनस्ट्रक्सन प्रा.लि. रहेका छन्। यी दुई कम्पनीलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।

यस्तै, सनम निर्माण सेवा, निर्जरा निर्माण सेवा, श्री इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रा. लि., जी एस निर्माण संसार कम्पनी प्रा. लि., कमन कनस्ट्रक्सन, राजेन्द्र निर्माण सेवा प्रा. लि., रफिना एण्ड कनस्ट्रक्सन प्रा. लि. र राम निर्माण कन्स्ट्रक्सन प्रा. लि. लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

तोकिएको समयसम्म यी कम्पनीहरुले सार्वजनिक खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्।