बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी काठमाडौंबाट पक्राउ, पर्सा र बाँके पठाइयो

बिजमाण्डू
२०८१ फागुन १२ गते १४:२३ | Feb 24, 2025
बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी काठमाडौंबाट पक्राउ, पर्सा र बाँके पठाइयो


काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ४० वर्षीय संजिव कुमार बल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उज्जवललाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरिएको हो।

यस्तै, जिल्ला अदालत बाँकेबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका संजिवलाई काठमाडौं सुकेधाराबाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ मध्ये उज्जवललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा र संजिवलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ।