जनकपुरमा स्रोत नखुलेको ५७ लाख रुपैयाँ बरामद, मनी ट्रान्सफरका कर्मचारीसहित तीनजना पक्राउ

बिजमाण्डू
२०८१ फागुन ५ गते १३:३१ | Feb 17, 2025
जनकपुरमा स्रोत नखुलेको ५७ लाख रुपैयाँ बरामद, मनी ट्रान्सफरका कर्मचारीसहित तीनजना पक्राउ
फाइल फोटो


काठमाडौं । जनकपुरमा स्रोत नखुलेको रकम सहित तीनजना पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६३५ रूपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ३ थान मोबाइल र १ थान ल्यापटप पनि बरामद् गरिएको छ।

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन्।

प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थान सहित पक्राउ गरेको हो।

यसबारेमा उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।