सुनको अवैध कारोबार गर्ने भारतीय युवक पक्राउ, ५ लाख रुपैयाँसहित सुनचाँदी बरामद

बिजमाण्डू
२०८१ फागुन ५ गते ११:३९ | Feb 17, 2025
सुनको अवैध कारोबार गर्ने भारतीय युवक पक्राउ, ५ लाख रुपैयाँसहित सुनचाँदी बरामद
तस्बिर : जिल्ला प्रहरी परिसर, काठमाडौं।


काठमाडौं। सुनको अवैध कारोबार गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत घर भएका ३० वर्षीय मुकेश महादेव चागुल पक्राउ परेका हुन्।

Tata
GBIME
NLIC

उनको साथबाट प्रहरीले ७६१ ग्राम सुन र ३ किलो चाँदी समेत बरामद गरेको छ। उनको साथबाट ५ लाख १० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानमा उनले विदेशबाट अवैध रुपमा ल्याएको सुन किन्ने गरेको देखिएको छ। विदेशबाट तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई सुन बोकाएर पठाउने गरेका छन्।

घटनाको थप अनुसन्धान गर्न प्रहरीले बरामद सामाग्रीसहित उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।