नागार्जुन नगरपालिकाका मेयरको २८ करोड ६५ लाखको सम्पत्ति, ८ करोड ६९ लाख बराबर गैरकानुनी

बिजमाण्डू
२०८१ माघ २७ गते १७:०९ | Feb 9, 2025
नागार्जुन नगरपालिकाका मेयरको २८ करोड ६५ लाखको सम्पत्ति, ८ करोड ६९ लाख बराबर गैरकानुनी
मोहनबहादुर बस्नेत। फाइल तस्वीर


काठमाडौं। नागार्जुन नगरपलिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ।

Tata
GBIME
NLIC

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ विगो माग गरिएको छ।

अख्तियारले बस्नेतको नाममा २८ करोड ६५ लाख ६१ हजार ९०० रुपैयाँ बराबरको सम्पत्ति देखिएकामा त्यसमध्ये १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँको मात्र स्रोत खुलेको बताएको छ।

अख्तियारले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि बस्नेतकी पत्नी उर्मिलालाई पनि प्रतिवादी बनाएको छ।

अख्तियारले मेयर बस्नेतविरुद्ध गत पुस १४ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। भ्रष्टाचार मुद्दामा ९ करोड २२ लाख ४६ हजार र सम्पत्ति शुद्धीकरण मुद्दामा १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो माग गरिएको थियो।