
काठमाडौं। वित्तीय लागत घट्दा पाँचथर पावर कम्पनीले नोक्सानी घटाएको छ। गत वर्ष पुस मसान्तसम्म १० करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी यस वर्ष सोही अवधिमा ७ करोड ७६ लाख रुपैयाँ घाटामा छ।
कम्पनीको वित्तीय लागत ३१.४८ प्रतिशतले घटेको छ। बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दा कम्पनीको लागत घटेको हो।
कम्पनीको प्रति सेयर आम्दानी ८.०७ रुपैयाँ ऋणात्मक छ।
सूचक | २०८१/८२ | २०८०/८१ | फरक % |
खुद नाफा ( रु हजारमा) | -७७६३४ | -१०५४१५ | – |
वित्तीय लागत (रु हजारमा) | ३७४८८ | ५४७१३ | -३१.४८२ |
चुक्ता पुँजी (रु हजारमा) | ९६२५०० | ९६२५०० | – |
प्रति सेयर आम्दानी (रुपैयाँ) | -८.०७ | – | – |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | ८८.१५ | – | – |