
काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य स्थिर छ। शुक्रबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि सोही मूल्य कायम छ।
बिहीबार सुन तोलामा १ सय रुपैयाँ घट्दा प्रति तोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा १ हजार ४ सय रुपैयाँ बढ्दा प्रति तोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ८८० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार चाँदी ३० रुपैयाँले बढेर प्रति तोला १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रति तोला १ हजार ८८५ रुपैयाँ पुगेको थियो। अघिल्लो दिनका तुलनामा २० रुपैयाँ बढ्दा चाँदी बुधबार प्रति तोला १ हजार ८ सय ५५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। आइतबार सुन प्रति औंस २७९८.४९ डलर छ। शुक्रबार सुन प्रति औंस २७६०.१२ डलर थियो।
चाँदी प्रति औंस ३१.३६ डलरमा आइपुगेको छ। शुक्रबार चाँदी प्रति औंस ३०.८५ डलर थियो।