
काठमाडौं। बिहीबार तोलामा १ सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार तोलामा २३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिन सुन तोलामा १ सय रुपैयाँ घट्दा प्रति तोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा १ हजार ४ सय रुपैयाँ बढ्दा प्रति तोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले बढ्दै प्रति तोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रति तोला १ हजार ८८५ रुपैयाँ पुगेको थियो। अघिल्लो दिनका तुलनामा २० रुपैयाँ बढ्दा चाँदी बुधबार प्रति तोला १ हजार ८ सय ५५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दा यसको असर स्थानीय बजारमा देखिएको हो। शुक्रबार सुन प्रति औंस २७९६.१७ डलर पुगेको छ। बिहीबार सुन प्रति औंस २७६०.१२ डलर थियो।
चाँदी प्रति औंस ३१.३५ डलर छ। बिहीबार चाँदी प्रति औंस ३०.८५ डलरमा कारोबार भएको थियो।