
काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला एक लाख ६० हजार ६०० रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य शुक्रबार तोलामा ५ रुपैयाँ बढेर प्रति तोला एक हजार ८८० रुपैयाँ पुगेको छ। चाँदीको भाउ बिहिबार प्रति तोला २० रुपैयाँ घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस २७७२.५५ डलर र चाँदी प्रति औंस ३०.७७ डलरमा कारोबार भइरहेको छ।