
काठमाडौं। सोसल ल्याब नेपालले सम्सारासँगको सहकार्यमा सोसल आन्टरप्रिनरसिप बुटक्याम्प गर्ने भएको छ। माघ १९ गते तेस्रो संस्करणको बुटक्याम्प आयोजना हुँदैछ।
नेपालमा उद्यमशीलताको रुचि बढ्दै गएपनि सामाजिक उद्यमशीलता जस्तो महत्त्वपूर्ण विषय जसले परम्परागत सीपको प्रयोग गर्दै सामाजिक समस्या समाधान गर्न सक्ने सम्भावना बोकेको क्षेत्रलाई भने प्राथमिक्तामा नराखेको भन्दै बुटक्याम्प आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
बुटक्याम्प सामाजिक उद्यमी बन्न चाहने व्यक्ति, विद्यार्थीहरू र गैरसरकारी संस्थाका प्रतिनिधिहरूका लागि आयोजना गर्न लागिएको हो। बुटक्याम्पमा सहभागी हुनेलाई व्यवहारिक सिकाई (कार्यशाला, सामूहिक गतिविधि र सहकार्य) प्रदान गरिनेछ।
जसमार्फत सहभागीले सामाजिक व्यवसायको योजना निर्माण, कोष संकलन तथा सञ्चालन, सामाजिक व्यवसाय सम्बन्धी अतिरिक्त टुल्स तथा सीपको प्रयोग, व्यवसायको मोडल निर्माण, बजार परीक्षणलगायतका विषयमा जानकारी पाउने छन्।
आयोजकले दर्ता शुल्कको ६०% सोसल ल्याबले संचालन गर्दै आइरहेको ‘विद्यालय सहयोग कार्यक्रम’ लाई हस्तान्तरण गर्ने बताइएको छ।