विकास बैंकले बढाए खुद नाफा, निष्कृय कर्जा भने ५.३६ प्रतिशत, कुनको वित्तीय अवस्था कस्तो?

बिजमाण्डू
२०८१ माघ ७ गते १३:४६ | Jan 20, 2025
विकास बैंकले बढाए खुद नाफा, निष्कृय कर्जा भने ५.३६ प्रतिशत, कुनको वित्तीय अवस्था कस्तो?


काठमाडौं। विकास बैंकले खुद नाफा बढाएका छन्। चालु आर्थिक वर्ष ६ महिनामा राष्ट्रियस्तरका अधिकांश विकास बैंकले खुद नाफा बढाएका हुन्।

Tata
GBIME
NLIC

सोमबार सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म राष्ट्रियस्तरका ८ वटा सहित १० वटा विकास बैंकले २ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो रकम पोहोर सोही अवधिको तुलनामा १७.६३ प्रतिशत धेरै हो।

विकास बैंकले दुई आर्थिक वर्षको पहिलो ६ महिनामा कमाएको खुद नाफा रु हजारमा

विकास बैंक२०८१/८२२०८०/८१फरक %
लुम्बिनी १४७६१८२१२२६९-३०.४५
महालक्ष्मी २८७४९९२७८०३६३.४०
गरिमा ५५५८३७४७९६५६१५.८८
ज्योति २५०१३२१०१०३४१४७.५७
कर्पोरेट १०७३९९१५११७.३५
कामना सेवा ३२२४९३२५८९१९२४.५५
सांग्रिला१९६५६११००२३३९६.१०
साइन रेसुङ्गा३३०८५६३७१२०७-१०.८७
मुक्तिनाथ५०३१२२४२००१७१९.७८
सिन्धु४८७०४२५१६३९३.५५
स्रोत: बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण

गत वर्ष पुससम्म १० वटा विकास बैंकले २ अर्ब २५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका थिए। राष्ट्रियस्तरका विकास बैंकतर्फ लुम्बिनी र साइन रेसुङ्गा बाहेकले नाफा वृद्धि गरेका छन्।

लुम्बिनी र साइन रेसुङ्गाको नाफा घटेको छ। बैंकहरुको खराब कर्जा औसतमा ५.३६ प्रतिशत पुगेको छ। गत वर्ष ३.४७ प्रतिशत रहेकामा अहिले १.८८ प्रतिशत विन्दुले बढेको हो।

विकास बैंकको दुई आर्थिक वर्षको पहिलो ६ महिनाको निष्कृय कर्जा प्रतिशत

विकास बैंक२०८१/८२२०८०/८१फरक % विन्दु
लुम्बिनी ४.६८३.५५१.१३
महालक्ष्मी ४.९३४.२१०.७२
गरिमा ४.७२२.९५१.७७
ज्योति ४.९८४.८८०.१
कर्पोरेट ७.५३४.६६२.८७
कामना सेवा ४.३५३.४२०.९३
सांग्रिला४.९९४.८९०.१
साइन रेसुङ्गा४.४२.६२१.७८
मुक्तिनाथ३.९८२.५११.४७
सिन्धु९.०६१.०५८.०१
स्रोत: बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण

खराब कर्जाका कारण प्रोभिजनिङ रकम बढेको छ। पुससम्म विकास बैंकले ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ प्रोभिजनिङ गरेका छन्। यो रकम पोहोर सोही अवधिको तुलनामा १०.४६ प्रतिशत धेरै हो। बैंकहरुले गत वर्ष दोस्रो त्रैमासमा २ अर्ब ८३ करोड रुपैयाँ प्रोभिजनिङ गरेका थिए।

विकास बैंकले दुई आर्थिक वर्षको पहिलो ६ महिनामा गरेको प्रोभिजनिङ रकम रु हजारमा

विकास बैंक२०८१/८२२०८०/८१फरक % विन्दु
लुम्बिनी ४९२९७०९९४०२३९५.९४
महालक्ष्मी१९३७२१९३६०६१०६.९५
गरिमा ४४१९८५५४०१६७-१८.१८
ज्योति ३६१३३५५४७५१६-३४
कर्पोरेट -५७२६२१०९२
कामना सेवा १९६४४१२११९९७-७.३४
सांग्रिला२०८५४१३९३२५७-४६.९७
साइन रेसुङ्गा४९६७०२१४५२२८२४२.०२
मुक्तिनाथ८२७१६१७८६३२३५.१९
सिन्धु-८६२३१-७६६३
स्रोत: बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण

वित्तीय विवरढ सार्वजनिक गरेकामध्ये गरिमा विकास बैंकको प्रति सेयर आम्दानी सबैभन्दा धेरै छ। कर्पोरेट डेभलपमेन्ट बैंकको प्रति सेयर आम्दानी भने सबैभन्दा कम छ। पुँजीकोषका आधारमा सिन्धु विकास बैंक कमजोर देखिएको छ।

विकास बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ र पुँजीकोष अनुपात

विकास बैंकप्रति सेयर आम्दानी रुपैयाँप्रति सेयर नेटवर्थ रुपैयाँपुँजीकोष प्रतिशत
लुम्बिनी ८.१५१८१.३९१३.०५
महालक्ष्मी १३.७८१६५.३५१४.९९
गरिमा १९.३४१५०.१६१२.९२
ज्योति १३.३८१४९.३६१२.७४
कर्पोरेट ४.०९१४८.७२३४.०९
कामना सेवा १८.३७१५७७.४६१२.५९
सांग्रिला११.४६१५०.७११०.०९
साइन रेसुङ्गा१३.५७१४३.७४११.८७
मुक्तिनाथ१४.२८१५५.२८११.८७
सिन्धु१७.४७७३.६१८.२२
स्रोत: बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण