सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको १ लाख ५५ हजार ८ सय पुग्यो, चाँदी स्थिर

बिजमाण्डू
२०८१ पुष २९ गते ११:०७ | Jan 13, 2025
सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको १ लाख ५५ हजार ८ सय पुग्यो, चाँदी स्थिर


काठमाडौं। सुनको मूल्यमा सोमबार सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ५५ हजार ८ सय रुपैयाँ भएको छ।

Tata
GBIME
NLIC

साताको पहिलो दिन १ हजार ६ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। विवाहको सिजन सुरु भएपछि बजारमा सुनको भाउ गत सातादेखि बढिरहेको छ।

चाँदीको मूल्य सोमबार स्थिर छ। आइतबार १५ रुपैयाँ बढेर प्रति तोला १ हजार ८ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस २६८६.६१ डलर छ भने चाँदी प्रतिऔंस ३०.२६ डलरले कारोबार भइरहेको छ।

आइतबार सुन प्रति औंस २६८९.३४ डलर र चाँदी प्रति औंस ३०.४१ डलर थियो।