सुनको मूल्य मंगलबार पनि स्थिर, चाँदीको भाउ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार

बिजमाण्डू
२०८१ पुष २३ गते ११:०१ | Jan 7, 2025
सुनको मूल्य मंगलबार पनि स्थिर, चाँदीको भाउ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार


काठमाडौं । सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ। आइतबार सुन तोलामा १ हजार ५०० रुपैयाँ घटे यता मूल्य घटबढ भएको छैन।

Tata
GBIME
NLIC

हाल सुन प्रति तोला मूल्य एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य दुई दिन पछि आज बढेको छ। आज तोलामा २० रुपैयाँ बढेर चाँदी प्रति तोला एक हजार ८३० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार र सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतार चढाव भए पनि स्थानीय बजारमा स्थिर देखिएको हो। मंगबलार सुन प्रतिऔंस २६३७.४६ डलर छ। सोमबार सुन प्रतिऔंस २६३५.७३ डलर थियो। चाँदी प्रतिऔंस ३०.०४ डलर छ।