बिदाइको मुखमा गभर्नर अधिकारीले गरे २६ निर्देशकको सरुवा, नियमन र सुपरिवेक्षणमा को?

बिजमाण्डू
२०८१ पुष २२ गते १७:१० | Jan 6, 2025
बिदाइको मुखमा गभर्नर अधिकारीले गरे २६ निर्देशकको सरुवा, नियमन र सुपरिवेक्षणमा को?


काठमाडौं। कार्यकाल सकिन दुई महिना बाँकी रहँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार महत्वपूर्ण विभागका निर्देशकहरुको व्यापक सरुवा गरेका छन्।

Tata
GBIME
NLIC

लामो समयदेखि महत्वपूर्ण जिम्मेवारीमा राखेकाहरुलाई लाखापाखा लगाइएको छ भने, अवसर नपाएकाहरुलाई महत्वपूर्ण विभाग दिइएको छ। उनले २६ जना निर्देशकहरुको सरुवा गरेका हुन्।

नियमन विभागका डा. सत्येन्द्र तिमिल्सिनालाई गभर्नरको कार्यालयमा लगिएको छ। नियमनमा नेपालगञ्ज कार्यालयमा रहेका देवेन्द्र गौतमलाई ल्याइएको छ। नियमनका रहेका राजनदेव भट्टराईलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

वित्त व्यवस्थापन विभागबाट इन्द्रा चम्लागाइँ मैनालीलाई नियमनमा लगिएको छ। वित्त व्यवस्थापन विभागकी मीना पाण्डेलाई बैंक सुरिवेक्षणमा सरुवा गरिएको छ।

बैंक सुपरिवेक्षणका सुदिप फुयाललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। वीरगञ्ज कार्यालयका शरणकुमार अधिकारीलाई गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा ल्याइएको छ। त्यहाँका गिरिजाप्रसाद कोइरालालाई कानुन महाशाखा पुर्‍याइएको छ।

आर्थिक अनुसन्धान विभागका नारायणप्रसाद पोख्रेललाई नेपालगञ्ज पुर्‍याइएको छ। जनकपुरबाट माधव दाहाललाई आर्थिक अनुसन्धान विभाग ल्याइएको छ।

धनगढीमा कार्यरत सुवास आचार्यलाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ। बैंक सुपरिवेक्षणका शैलेन्द्र रेग्मीलाई विराटनगर पुर्‍याइएको छ। विराटनगरबाट बुद्धराज शर्मालाई आर्थिक अनुसन्धान विभागमा ल्याइएको छ।