
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्ने भएको छ।
बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो।
राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ।
राष्ट्र बैंकले निक्षेप संकलन मार्फत खिचेको २ खर्ब ८ अर्ब परिपक्क भइसकेको छैन।