१८ औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको योजना, फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई उपहार

बिजमाण्डू
२०८१ पुष १८ गते १७:५४ | Jan 2, 2025
१८ औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको योजना, फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई उपहार


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरि क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गरेको छ। सोहि अवसरमा यो योजना घोषणा गरिएको हो। पुस १८ गते देखि माघ १८ गते सम्म यो योजना संचालन हुनेछ।

उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आवद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा १८० रुपैयाँ वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोड मार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

योजनाअवधिभर क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्। योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन्।

साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधी भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन्।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो।