प्रभु बैंकले बबरमहलबाट सुरु गर्‍यो ‘प्रभु डिजिटल क्युब’, काउण्टरबाट पाइनेछ यी सेवा

बिजमाण्डू
२०८१ पुष १७ गते १४:५३ | Jan 1, 2025
प्रभु बैंकले बबरमहलबाट सुरु गर्‍यो ‘प्रभु डिजिटल क्युब’, काउण्टरबाट पाइनेछ यी सेवा


काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्युब’ संचालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

नयाँ वर्ष २०२५ को शुभारम्भ पारेर बैंकले सो सेवा सुरु गरेको हो। सो काउण्टरबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिनेछ।

यससँगै अन्य सेवाहरु पनि ग्राहकले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

यो सेवाको सुरुवात सँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य हुने बैंकले जनाएको छ।

हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको छ। निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत सेवा विस्तार गरिने बैंकले जनाएको छ।