विशाल ग्रुपले नयाँ इभी ब्रान्ड ‘सिनोगोल्ड’ भित्र्याउँदै, अधिकतम खुद्रा मूल्य ३९ लाख रुपैयाँ

बिजमाण्डू
२०८१ पुष १७ गते १३:४७ | Jan 1, 2025
विशाल ग्रुपले नयाँ इभी ब्रान्ड ‘सिनोगोल्ड’ भित्र्याउँदै, अधिकतम खुद्रा मूल्य ३९ लाख रुपैयाँ


काठमाडौं। नेपाली बजारमा फेरि अर्को चिनियाँ विद्युतीय गाडी ब्रान्ड ‘सिनोगोल्ड’ भित्रिने भएको छ। विशाल ग्रुप अन्तर्गतको भिजी मोटर्सले ‘सिनोगोल्ड’ ल्याउने पक्का भएको हो।

Tata
GBIME

कम्पनीले बुधबार एक सूचना जारी गर्दै भन्सार प्रयोजनका लागि गाडीको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। सिनोगोल्डको जुनसिङ जेएक्स गाडीको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ।

यो सेडान इभीमा ४८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। यस्तै ५० किलोवाट क्षमताको मोटर पावर रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसमा उपलब्ध ब्याट्रीले फुल चार्जमा ४०० किलोमिटरभन्दा धेरै रेन्ज दिन्छ।

कम्पनीले सुरुवाती चरणमा सेडान सेगमेन्टको विद्युतीय कारका लागि बिक्री गर्ने गरी ल्याउन लागेको छ। अबको केही दिनभित्रै गाडी नेपाली बजारमा भित्रिनेछ।

सिनोगोल्डले एमपीभी, कम्प्याक्ट सेडान र मिडसाइज क्रसओभर एसयूभी सेगमेन्टका विद्युतीय कार उत्पादन गर्दै आएको छ।