बैकिङ प्रणालीबाट फेरि ४० अर्ब उठाउँदै राष्ट्र बैंक, पैसा लिने ऋणी पाएनन् बैंकले

बिजमाण्डू
२०८१ पुष १७ गते ११:३९ | Jan 1, 2025
बैकिङ प्रणालीबाट फेरि ४० अर्ब उठाउँदै राष्ट्र बैंक, पैसा लिने ऋणी पाएनन् बैंकले


काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब खिच्ने भएको छ।

Tata
GBIME
NLIC

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो।

राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन मार्फत खिचेको १ खर्ब ९९ अर्ब परिपक्क भइसकेको छैन।