
काठमाडौं। चांगन डिपलको अर्को गाडी ‘डिपल ई०७’ पनि नेपाली बजारमा आउने पक्का भएको छ। चांगन डिपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ई०७ गाडी नेपाली बजारमा छिट्टै बिक्री गर्ने बताएको छ।
कम्पनीले आइतबार गाडीको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। ई०७ को मूल्य १ करोड ४ लाख रुपैयाँ मूल्य भन्सार प्रयोजनका लागि मात्रै तोकिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो मूल्य गाडी बिक्री गर्ने समयमा परिवर्तन हुन सक्नेछ।
कम्पनीले अहिले डिपल एस०७ एसयुभी र एल०७ सेडान गाडी बिक्री गर्दै आएको छ।
ई०७ गाडीमा १९० किलोवाट पावरको मोटर उपलब्ध छ।

ब्याट्री प्याक ८९.९ किलोवाट आवर(युनिट) क्षमताको हो। यसले एक पटकको फुल चार्जमा ६४० किलोमिटरसम्मको दूरी पार गर्न सक्ने कम्पनीले जनाएको छ।
यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएमको छ। यो ५ मिटरभन्दा लामो र ३.१ एमएम ह्वीलबेस भएको गाडी हो।