
काठमाडौं। हिरो एक्सपल्स २०० फोरभी प्रोको डकार एडिसन पनि बजारमा आएको छ। हिरोले बुधबार उक्त एडिसनको एक्सपल्स सार्वजनिक गरेको हो।
यसको मूल्य भारतमा १ लाख ६८ हजार भारु तोकिएको छ। यसको मूल्य एक्सपल्स प्रोको भन्दा ३ हजार भारु धेरै राखिएको हो।
नेपालमा भने एक्सपल्स प्रोको मूल्य ४ लाख ८५ हजार रुपैयाँ तोकिएको छ। यो डकार एडिसनको पनि लगभग ५ लाख रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ।
यसमा प्रोमा जस्तै एडजस्ट गर्न मिल्ले २५० एमएमको टलिस्कोपिक फ्रन्ट फोर्क ट्राभल सक र पछाडि पनि एडजस्ट गर्न मिल्ने २२० एमएमको ट्राभल मोनो सक उपलब्ध छ। यसमा सिटको उचाइ पनि ८८५ एमएम नै रहेको छ।
यस्तै यसले १९.१ हर्सपवार र १७.३५ एनएम टर्क उत्पादन गर्छ। यसमा एबीएस मोडहरूमा रोड, अफ-रोड र र्याली रहेको छ।