जगदम्बा मोटर्सले दुईवटा नयाँ इभी ब्रान्ड ‘स्यान्ट्रो’ र ‘वान्डा’ भित्र्याउँदै, मूल्य कति?

बिजमाण्डू
२०८१ पुष ३ गते १२:२४ | Dec 18, 2024
जगदम्बा मोटर्सले दुईवटा नयाँ इभी ब्रान्ड ‘स्यान्ट्रो’ र ‘वान्डा’ भित्र्याउँदै, मूल्य कति?


काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले दुईवटा नयाँ इभी ब्रान्ड ‘स्यान्ट्रो’ र ‘वान्डा’ नेपाल ल्याउने भएको छ। कम्पनीले केही दिन अगाडि मात्रै जेएमइभी ब्रान्डको नयाँ सेडान नेपाली बजारमा ल्याएको थियो।

Tata
GBIME
NLIC

यो पटक भने कम्पनीले अन्य दुईवटा चिनियाँ इभी ब्रान्ड थप गरेको हो। कम्पनीले ल्याउन लागेको ४ ह्वीलर इभीमा स्यान्ट्रो र वान्डा रहेको छ। यी गाडीको अधिकतम खुद्रा मूल्य समेत तोकिएको छ।

स्यान्ट्रो एचकेएल६६००आरबीइभी१२ को मूल्य ८० लाख रुपैयाँ तोकिएको छ। यसमा १२० किलोवाट क्षमताको मोटर र ८६.१ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ।

यसैगरि, वान्डा ब्रान्डको डब्ल्युडी-६५३०बीइभी०१ को मूल्य ५६ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यसमा ८० किलोवाट मोटर र ५३.५८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। यो ५.४ मिटरको लाइट बस हो।