
काठमाडौं । साताको पहिलो दिन सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार २०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य आइतबार तोलामा २० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रति तोला एक हजार ८४० रुपैयाँ कायम छ।शुक्रबार चाँदी प्रति तोला एक हजार ८६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको सुनको मूल्य बढ्ने पछिल्लो समय ‘ब्रेक’ लागेको छ। आइतबार सुनको भाउ घटेर प्रतिऔंस २६४८.९५ डलर र चाँदी प्रतिऔंस ३०.४६ डलर छ।