काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा ४ सय र चाँदी तोलामा २५ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रबार पनि सुनको मूल्य घटेर प्रति तोला १ लाख ५० हजार १ सय रुपैयाँ कायम भएको थियो।
चाँदीको मूल्य आइतबार प्रति तोला १ हजार ८६५ रुपैयाँ भएको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ८९० रुपैयाँमा कराोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बढिरहेको सुनको मूल्य दुई दिन यता घट्न थालेपछि स्थानीय बजारमा यसको प्रभाव देखिन थालेको छ।
आइतबार सुन प्रति औंस २६३३.०५ डलर र चाँदी प्रति औंस ३०.९७ डलरमा कारोबार भइरहेको छ।