सुन तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँ

बिजमाण्डू
२०८१ मंसिर १४ गते ११:१६ | Nov 29, 2024
सुन तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँ


काठमाडौं । यो साता मूल्य घटेर प्रतितोला एक लाख ४८ हजार पुगेको सुनको भाउ फेरि बढ्न थालेको छ।

Tata
GBIME

शुक्रबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार सुन तोलामा ३०० रुपैयाँ घट्दा कारोबार मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य तोलाम ४५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको बढेको छ। शुक्रबार सुन बढेर प्रतिऔंस २६६०.४० डलर पुगेको छ। चाँदी प्रतिऔंस ३०.७३ डलर छ।