
काठमाडौं। सरकारले सुनको भन्सार घटाएपछि बैंकहरु आयात गर्न तयार भएका छन्। नेपाल बैंकर्स संघले सुन आयातका लागि आइतबार सिफारिस खुल्ला गरेको छ।
पहिलो चरणमा करिब १०० केजी सुनका आयात गर्न बैंकहरुलाई सिफारिस दिने संघले जनाएको छ। संघका अनुसार अहिले काठमाडौं उपत्यकाका लागि मात्र सुन आयात हुनेछ।
संघले यसअघि उपत्यका र बाहिरका जिल्लाका लागि भनेर बैंकलाई सुन आयात गर्न सिफारिस दिने गरेकामा बजार तस्करीको सुनले कब्जा गरेपछि संघले तिहारपछि सिफारिस दिएको थिएन। यो आर्थिक वर्ष ४ महिनामा बैंकहरुले जम्मा १३२ किलो सुन आयात गरेका छन्।
सरकारले सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारेपछि भाउ आइतबार प्रति तोला १५ हजार ९०० रुपैयाँ घटेको छ।