सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा १७ सय बढ्दा चाँदीमा २० रुपैयाँ वृद्धि

बिजमाण्डू
२०८१ मंसिर ९ गते ११:१९ | Nov 24, 2024
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा १७ सय बढ्दा चाँदीमा २० रुपैयाँ वृद्धि


काठमाडौं। सुनको कारोबार मूल्य गत सातादेखि पुनः लगातार बढ्न थालेको छ। साताको पहिलो दिन पनि तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६७ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिनका तुलनामा १ हजार ५ सय रुपैयाँ बढ्दा शुक्रबार सुन प्रति तोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ। आइतबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा शुक्रबार प्रति तोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो भएको छ। आइतबार सुनको भाउ बढेर प्रति औंस २७१५.२८ डलर पुगेको छ भने चाँदी प्रति औंस ३१.३४ डलरले कारोबार भइरहेको छ।