सुनको मूल्य १ हजार १०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ६२ हजार १०० पुग्यो

बिजमाण्डू
२०८१ मंसिर ४ गते १०:४८ | Nov 19, 2024
सुनको मूल्य १ हजार १०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ६२ हजार १०० पुग्यो


काठमाडौं । सुनको भाउ दैनिक उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा तोलामा आज सुनको मूल्य १ हजार १०० रुपैयाँ बढेको हो।

Tata
GBIME

मंगलबार सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार सुन तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन तोलामा सय रुपैयाँ बढेको थियो।

यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै जाँदा यसको असर स्थानीय बजारमा देखिएको हो। मंगलबार सुनको भाउ बढेर प्रतिऔंस २६२४.०४ डलर भएको छ। चाँदी प्रतिऔंस ३१.३५ डलर छ।

सोमबार सुन प्रतिऔंस  २६९२.९ डलर र चाँदी प्रतिऔंस ३०.७२ डलर थियो।