सुनको भाउ एक हजार रुपैयाँले बढ्यो, प्रतितोला मूल्य एक लाख ६१ हजार

बिजमाण्डू
२०८१ मंसिर ३ गते १०:५५ | Nov 18, 2024
सुनको भाउ एक हजार रुपैयाँले बढ्यो, प्रतितोला मूल्य एक लाख ६१ हजार


काठमाडौं। सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

साताको पहिलो दिन तोलामा १०० रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९०५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेर प्रतिऔंस २६९२.९ डलर पुगेको छ। आइतबार सुन प्रतिऔंस २५६५ डलर थियो।चाँदीको मूल्य आज प्रतिऔंस ३०.७२ डलर छ।