सामसङको ग्यालेक्सी ए१६ नेपाली बजारमा, मिड रेन्जको नयाँ मोडलमा के छ नयाँ?

बिजमाण्डू
२०८१ कात्तिक २८ गते ०९:१९ | Nov 13, 2024
सामसङको ग्यालेक्सी ए१६ नेपाली बजारमा, मिड रेन्जको नयाँ मोडलमा के छ नयाँ?


काठमाडौं। मिड रेन्जका स्मार्टफोन रोज्नेका लागि सामसङको नयाँ मोडल आएको छ। ग्यालेक्सी ए१६ फाइभजी मंगलबारदेखि नेपाली बजारमा आएको हो।

Tata
GBIME
NLIC

यो स्मार्टफोन ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर कीसहितको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, आइपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथ रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ग्यालेक्सी ए१६ फाइभजी गत शनिबार ओटाकु जात्रामा लन्च गरिएको हो। सिल्भर ओक बैंक्वेटमा आयोजित जात्रामा गायक वाङ्देन शेर्पाले उक्त स्मार्टफोन सार्वजनिक गरेका हुन्।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू यो स्मार्टफोनमा उपलब्ध छ। ‘ग्यालेक्सी ग्यालेक्सी ए१६ फाइभजीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नयाँ सुविधाहरूको आनन्द दिनेछ,’ उनले भने ।

सामसङले यो मोडल ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणका रूपमा ल्याएको हो । जसको मोटाइ मात्र ७.९ एमएम छ। पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई सजिलै समात्न सक्छन् ।

ग्यालेक्सी ए१६ फाइभजीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन्। यो फोन धुलो र पानी प्रतिरोधी छ।

शक्तिशाली ५० मेगापिक्सेलको प्राथमिक क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा यसमा छ । क्रीस्प र विस्तृत तस्बिरहरू खिच्दछ, जबकि १३ मेगापिक्सेल फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउँछ। फोनमा ६.७ इन्च फुल एचडी+ सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट, एवं माइक्रो एसडीमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज छ।

हुडअन्तर्गत, ग्यालेक्सी ग्यालेक्सी ए१६ फाइभजी मिडियाटेक डी६३०० द्वारा संचालित भएकाले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने जनाइएको छ । यसमा ५ हजार एमएएच ब्याट्री छ।

कालो, हल्का हरियो र सुनौलो रङमा उपलब्ध, ग्यालेक्सी ए१६ फाइभजीको ६/१२८ जीबी भेरियन्टको मूल्य २८,९९९ रुपैयाँ, ८/१२८ जीबी भेरियन्टको ३०,९९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टको ३४,९९९ रुपैयाँ छ।