नेपाली आईटी कम्पनी इन्फो डेभेलपर्स जापानमा सम्मानित, पायो डिजिटल गभर्नमेन्ट अवार्ड

बिजमाण्डू
२०८१ कात्तिक २३ गते १९:१० | Nov 8, 2024
नेपाली आईटी कम्पनी इन्फो डेभेलपर्स जापानमा सम्मानित, पायो डिजिटल गभर्नमेन्ट अवार्ड


काठमाडौं। नेपालको सूचना प्रविधि कम्पनी इन्फो डेभेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

Tata
GBIME
NLIC

एसियन-आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिसनको आयोजनामा जापानमा सम्पन्न डिजिटल समिटमा इन्फो डेभेलपर्स डिजिटल गभर्नमेन्ट अवार्डबाट सम्मानित भएको हो।

इन्फो डेभेलपर्सका संस्थापक तथा मार्केटिङ, इनोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीले अवार्ड ग्रहण गरे।

नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा उल्लेखनीय योगदान गरेको भन्दै विशेषगरी गभर्नमेन्ट टु बिजनेस(जीटूबी) र गभर्नमेन्ट टु सिटिजन(जीटूसी) अन्तरक्रियामा सुधार ल्याउन भूमिका निर्वाह गरेबापत आफूलाई अवार्ड प्रदान गरिएको कम्पनीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

एसोसिएसन एसियाका २४ राष्ट्रका सूचना प्रविधि संस्थाहरुको अन्तर्राष्ट्रिय महासंघ हो।

इन्फो डेभेलपर्सले बैंक तथा वित्तीय संस्थाका अलावा सरकारी निकायहरुलाई सार्वजनिक क्षेत्रमा डिजिटलाइजेसन गर्ने प्रणालीको सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले उन्नत फिनटेकमार्फत सार्वजनिक सेवामा सुधार ल्याउन सहयोग गर्दै आएको छ। सन् २००२ मा स्थापित यो कम्पनीमा सूचना प्रविधिका २०० भन्दा बढी जनशक्ति कार्यरत छन्।