सुनको कारोबार मूल्य तोलाको १ लाख ६८ हजार ५ सय, चाँदी १५ रुपैयाँ घट्यो

बिजमाण्डू
२०८१ कात्तिक २१ गते १०:४८ | Nov 6, 2024
सुनको कारोबार मूल्य तोलाको १ लाख ६८ हजार ५ सय, चाँदी १५ रुपैयाँ घट्यो

काठमाडौं। सुन तोलामा ३ सय रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँ घटेर बुधबारको कारोबार मूल्य निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ भएको छ।

Tata
GBIME
NLIC

मंगलबार तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँ थियो। गत साता सुनको मूल्यले बढोत्तरीको कीर्तिमान कायम गर्दै तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँसम्म पुगेको थियो।

बुधबार चाँदी तोलाको २ हजार १५ रुपैयाँ भएको छ। मंगलबार २ हजार ३० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २७४१.६८ डलरले कारोबार भइरहेको छ। एक महिनाको अन्तरालमा सुनको कारोबार मूल्यमा ११५.४५ डलरको बढोत्तरी छ। चाँदी ३२.३२ डलर छ।