रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक उत्पादन थाल्ने, मोडल कन्सेप्ट सार्वजनिक

बिजमाण्डू
२०८१ कात्तिक २० गते १०:४० | Nov 5, 2024
रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक उत्पादन थाल्ने, मोडल कन्सेप्ट सार्वजनिक


काठमाडौं। बुलेट बाइक उत्पादक रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक उत्पादन गर्ने भएको छ। कम्पनीले हालै इलेक्ट्रिक भर्सनमा उत्पादन हुने बाइक सी-६ को मोडल कन्सेप्ट सार्वजनिक गरेको छ।

Tata
GBIME

कम्पनीले यसका लागि ‘फ्लाइङ फ्ली’ सब्सीडरी कम्पनी निर्माण गरेको छ। सी-६ मोडल भने २०२६ को मध्यतिर बिक्रीका लागि बजारमा आउनेछ। यस्तै कम्पनीले एस-६ स्क्रयाम्बलरलाई पनि इलेक्ट्रिक भर्सनमा ल्याउने योजना बनाएको छ।

यसमा अहिलेका इन्फिल्ड बाइकमा भन्दा फरक प्रकारको अल-एलईडी लाइटिङका साथ हेडलाइट उपलब्ध हुनेछ। यस्तै अर्को प्रिमियम टच भनेको टचस्क्रिन टीएफटी ड्यासबोर्ड हो। अल- न्यु स्वीच गियरसहितको नयाँ ड्यास आउने छ।

यस्तै अन्य पावरट्रेनहरुका बारेमा भने केही खुलाइएको छैन्। कम्पनीले अहिलेसम्म पेट्रोल इन्जिन बाइक मात्रै उत्पादन गर्दै आएको छ। विद्युतीय सवारीको बजार विस्तारसँगै कम्पनीले नयाँ योजना बनाएको हो।