इन्डोनेसियाद्वारा आइफोन-१६ को बिक्रीमा प्रतिबन्ध, लगानीका मापदण्ड पूरा नगरेको आरोप

बिजमाण्डू
२०८१ कात्तिक १२ गते १५:५० | Oct 28, 2024
इन्डोनेसियाद्वारा आइफोन-१६ को बिक्रीमा प्रतिबन्ध, लगानीका मापदण्ड पूरा नगरेको आरोप


काठमाडौं। प्रतिबद्धताअनुसार लगानीका मापदण्ड पूरा नगरेको भन्दै इन्डोनेसियाले एप्पलको आइफोन १६ सिरिज बिक्रीमा प्रतिबन्ध लगाएको छ।

Tata
GBIME
NLIC

एप्पलले लगानीको मापदण्ड पूरा नगरेको भन्दै उसका उत्पादन बिक्रीमा रोक लगाएको हो। एप्पल इन्डोनेसियाले स्मार्टफोन र ट्याबलेटका लागि आवश्यक आन्तरिक कन्टेन्टको ४० प्रतिशत पनि तयार नगरेको भन्दै इन्डोनेसियाको उद्योग मन्त्रालयले आइफोन १६ बिक्रीमा प्रतिबन्ध लगाएको छ।

एप्पलका पुराना प्रडक्टको बिक्रीमा भने प्रतिबन्ध लगाइएको छैन। प्रतिबन्ध लगाएपछि इन्डोनेसियामा एप्पल कुल बिक्री हुने शीर्ष ६ स्मार्टफोनको सूचीबाटसमेत बाहिरिएको छ।

दक्षिण एसियाको ठूलो अर्थतन्त्र इन्डोनेसियामा एप्पलले ९ करोड ५० लाख अमेरिकी डलर मात्रै लगानी गरेको छ। जबकि एप्पलले ९ करोड ५३ लाख डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।

स्थानीयस्तरमा उत्पादन गर्न एप्पलले इन्डोनेसियामा ४ वटा डेभलपर एकेडेमी निर्माण गरिसकेको छ। एप्पलले भने इन्डोनेसियाली सरकारको कदमबारे कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।

१० खर्ब अमेरिकी डलरको अर्थतन्त्र भएको इन्डोनेसियामा सक्रिय मोबाइल फोनको संख्या ३५ करोड छ।